प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका जनरल चार्ल्स ए फ्लिनबीच शिष्टाचार भेट

रिपोर्ट नेपाल | 2022 Jun 10 | 04:18 pm 3053

काठमाडौं, जेठ २७ः प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग प्रशान्त क्षेत्रका कमान्डिङ ए फ्लिनले शिष्टाचार भेट गरेका हुन् ।

प्रधानमन्त्री देउवा र ए फ्लिनबीच मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भेटमा प्रशान्त क्षेत्रका कमान्डिङ ए फ्लिनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा नेपालले निरन्तर पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

चारदिने औपचारिक भ्रमणका लागि बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.