प्रधानमन्त्री देउवा द्वारा आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै बडादशैं मनाउन अनुरोध

| 2021 Oct 15 | 01:44 pm 1041

काठमाडौँ, असोज २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं पर्वबाट सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बडा दशैंका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सबैमा सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको कामना समेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले बडादशैंलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन् ।‘बडादशैंलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरमा रुपमा मनाउन सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु उनले भनेका छन्, ‘सबैको मुहारमा खुसी ल्याउन सकोस् ।’

नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दशैं, तिहार, नेपाल संवत, छठ जस्ता पर्वले सबै भाषा संस्कृतिको संरक्षणमा टेवा पुग्ने उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.