प्रधानमन्त्री देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 23 | 07:12 am 1501

डडेल्धुरा , मङ्सिर ७ः प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित भएका छन् । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतगणना सकिएको र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिएका छन् । गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.