प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

रिपोर्ट नेपाल | 2021 Dec 18 | 05:39 pm 1565

काठमाडौं, पुस ३: प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। उनले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

‘बैठक आइतबार ४ बजेका लागि बोलाइएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘बैठक प्रधानमन्त्री निवास बालुवाटामा बस्नेछ।’ संसदमा जारी अवरोध हटाउन र एमसीसीका विषयमा थप निर्णय गर्न बैठक डाकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.