प्रधानमन्त्री देउवाद्वारा २५६६औँ बुद्ध जयन्तीकाे अवसरमा शुभकामना शन्देस जारी

| 2022 May 16 | 07:24 am 2573

काठमाडौँ, जेठ २ः २५६६औँ बुद्ध जयन्तीकाे अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना शन्देस जारी गरेका छन् । प्रधानमन्त्री देउवाले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताएका छन् ।

शुभकामना सन्देश दिदै उनले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.