प्रधानमन्त्री दाहाल आज सुदूरपश्चिमको भ्रमणमा

रिपोर्ट नेपाल | 2023 Feb 13 | 01:23 pm 1361

कैलाली, फागुन १ः प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदूरपश्चिमको भ्रमणमा आएका छन्। प्रधानमन्त्री भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा आएका हुन्।

नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री सुदूरपश्चिम आएका हुन्। प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात कैलाली र कञ्चनपुरबाट गर्न लागेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.