काठमाडौं, ६ : प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली डावोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने स्रोतले जनाएको छ ।
उनीसँगै अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत उच्च सरकारी अधिकारीहरू पनि डावोस प्रस्थान गरेका छन् । माघ ८ देखि ११ गतेसम्म हुने बैठकमा प्रधानमन्त्री ओली दुईवटा सत्रमा वक्ता (प्यानलिस्ट) बन्ने कार्यक्रम रहेको छ।