प्रधानमन्त्री कप क्रिकेटः आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

| 2024 Jan 29 | 09:10 am 1349

काठमाडौँ, माघ १५। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ। अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ।

दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको पाँचौँ स्थानमा छ। सुदूरपश्चिम हालसम्म खेलेका ६ खेलमध्ये चारमा विजयी हुँदै आठ अङ्क जोडेको छ। यस्तै आर्मी क्लब अङ्क तालिकाको चौथो स्थानमा छ। आर्मीले हालसम्म सात खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ।

यसैगरी गण्डकी प्रदेश अङ्क तालिकाको आठौँ स्थानमा छ। गण्डकीले सात खेलमा दुईमा विजयी हुँदै चार अङ्क बनाएको छ। यस्तै नेपाल पुलिस क्लब हालसम्म खेलेका ६ खेलमै जित हासिल गर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा छ।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.