काठमाडौं, असार १० : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६ दिने औपचारिक चीन भ्रमण पुरा गरी स्वदेश फिर्ता भएका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान १०: ४५ बजे कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरेका छन् ।
गत मंगलबार बिहान ११९ जनाको टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता र साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच समझदारी गरेर स्वदेश फिर्ता भएका हुन्।