प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2019 Mar 28 | 06:23 pm 1404

काठमाडौं, चैत १४ :  प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय विदेश सचिव विजय गोख्लेबीच भेटवार्ता भएको छ।

आफ्ना नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत-नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आएका गोख्लेले बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ । सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.