काठमाडौं, जेठ २५: प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणका लागि स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीले २७ गते जेनेभा आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले यही जेठ ३२ गतेसम्म स्विजरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् ।