काठमाडौं, फागुन ३०: गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री ओलीको पूर्णस्वास्थ्य लाभपछि शुक्रबार डिस्चार्ज गरिएकाे अस्पतालले जनाएको छ।
उनी ११औँ दिनमा शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज भएकाहुन् । मिर्गौला दाता समीक्षा भने बुधबार नै डिस्चार्ज भइसकेकी छन्।