प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

रिपोर्ट नेपाल | 2019 Dec 05 | 04:13 pm 1321

काठमाडौं, मंसिर १९: गत मंसिर १० गते मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार डिस्चार्ज भएका छन् । मंगलबार नै उनको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

डिस्चार्ज भए पश्चात् उनी बालुवाटारस्थित निवासतर्फ लागेका छन् ।

प्रधानमन्त्री ओली डिस्चार्ज हुनु केहीबेर अघि उनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् ।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.