प्रधानमन्त्री ओलीविरुद्ध धनगढीमा टायर बालेर विरोध प्रदर्शन

रिपोर्ट नेपाल | 2021 Jan 08 | 01:57 pm 1757

कैलाली, पुस २४ः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कैलालीको धनगढीमा टायर बालेर विरोध प्रदर्शन गरिएकाे छ । उनले चालेको असंवैधानिक कदमपछि पहिलो पटक उनी शुक्रबार धनगढीमा आयोजना गरिएको आफु पक्षीय कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री ओली धनगढी आउनेभएपछि माधव– प्रचण्ड निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे हाे ।

ओलीलाई कैलालीको रातोपुल नजिक कालो झण्डा देखाउनुका साथै रंगशाला नजिक टायर बालेर विरोध प्रदर्शन गरिएको नेकपा प्रचण्ड माधव पक्षका सुदूरपश्चिम सदस्य रमेश धामीले बताए । संसद विघटन गर्ने ओलीको असंवैधानिक कदमक विरुद्ध प्रदर्शन गर्नुपरेको धामीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.