प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी

रिपोर्ट नेपाल | 2019 Nov 28 | 12:56 pm 1310

काठमाडौं, मंसिर १२: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटरमार्फत बिहीबार आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिएका छन् । बिहान १०ः४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिँदै उनले यसमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

This image has an empty alt attribute; its file name is oli-5.jpg

उनले लेखेका छन् (‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

पेटमा अचानक समस्या देखिएपछि अस्पताल भरना भएका प्रधानमन्त्री ओली हिजो साँझदेखि सामान्य कुराकानी गर्न सक्ने र सुप लगायतका केही तरल पदार्थ मुखबाट खान सक्ने अवस्थामा रहेको जनाइएको छ ।

लामो समयदेखि उनी मृर्गौला रोगले पीडित हुन् । यसैबीच प्रम ओलीको पाँचौँपटक मृर्गौलाको हेमोडायलासिस गरिएको छ ।

एपेन्डिसाइटिसको अप्रशनपछि अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएले मृगौलाको डायलासिस गरिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । सोमबार राति अत्याधिक पेट दुखेसँगै पखाला लागेपछि मंगलबार बिहान महााजगञ्जस्थित मनमोहन कार्डियोथोरासिकमा उनलाई भर्ना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.