काठमाडौं, कात्तिक २३ः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाउने तयारी गरका छन् ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधव नेपाल, भलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका बहुमत सदस्यले लिखित रुपमा बैठकको माग गरेपछि प्रधानमन्त्री ओलीले आइतबार अपरान्ह बरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएका थिए ।
नेपालले आफू निकट नेता भीम रावल, रघुजी पन्त लगायतलाई लिएर बालुवाटार पुगेका थिए । छलफल करिब १ घण्टा चलेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीको निर्णय विपरित स्वेच्छाचारी ढंगबाट र पार्टी चलाएको भन्दै उनको राजिनामासमेत मागिएको छ ।
हिजो शनिबार बैठक बोलाउन लिखित पत्रसहित बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र ओलीबीच चर्काचर्की भएको थियो ।
लिखित पत्रसहित सचिवालयको बैठक राख्नका लागि प्रधानमन्त्री ओलीलाई नैतिक दबाव परेको छ ।
बरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका अध्यक्ष ओलीले छिट्टै बैठक बोलाउने आशा गरिएको एक नेताले रिपोर्ट नेपाललाई बताए ।