प्रधानमन्त्री ओलीद्वारा वृद्धभत्ता बढाउने घोषणा

रिपोर्ट नेपाल | 2019 Apr 14 | 02:00 pm 2123

काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका छन्। आइतबार राजधानीमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता नामक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका छन्।

वृद्धभत्ताको विषयमा आफू आलोचित भएको भन्दै उनले वृद्ध भत्ता बढाएरै देखाउने बताए । सामाजिक सुरक्षा सम्बन्धि पैसा खातामै राख्दिने सुविधा ल्याएको उनले जनाए। उनले भने थैलीका दिन गए, चेकका दिन आए। राख्नै परे थैलीमा कार्डमा राखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.