प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेर दाहाल अस्पतालबाट फर्किए

रिपोर्ट नेपाल | 2019 Nov 26 | 06:16 pm 1211

काठमाडौं, मंसिर १० : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेर फर्किएका छन् ।

मंगलबारबिहान पेट दुखेपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न दाहाल साँझ अस्पताल पुगेका थिए।

स्रोतका अनुसार दाहाललाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारे चिकित्सकहरुले ब्रिफिङ गरेका थिए। शल्यक्रिया पछि उनको अवस्था स्थिर रहेको छ। उनी स्वास्थ्यलाभका लागि केही दिन अस्पतालमा नै रहने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.