प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझन् आज बामदेव र विष्णु पौडेल सिंगापुर जाँदै

रिपोर्ट नेपाल | 2019 Sep 03 | 06:54 am 1683

काठमाडौं, भदाै १७ : नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था बझ्न उनीहरु आज (मंगलबार) सिंगापुर जान लागेको नेकपा सचिवालय स्रोत जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । यतिबेला उनको सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यसअघि १८ साउनमा सिङ्गापुर गरेर करिब दस दिनपछि स्वदेश फिर्ता थिए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.