प्रधानमन्त्रीले समय नदिएपछि राजपाका नेता रुष्ट

रिपोर्ट नेपाल | 2018 Aug 10 | 02:30 pm 1970

काठमाडौं, साउन २५: नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएकोमा आक्रोश पोख्दै गुनासो पोखेका छन् ।

सरकारलाई सहमति दिदाँ गरिएको सम्झौता अनुसा संविधान संशोधन लगायत अन्य विषयमा छलफल र जानकारीलिने राजपाका नेताले सामुहिक भेट गर्न खोजेका थिए। राजपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटेर सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको महन्थ ठाकुरले गुनासो पोखेका छन् ।

‘विगतमा राजपासँग भएको संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाका बारे छलफलका लागि पटक पटक प्रधानमन्त्रीसँग भेट्ने समय माग्दा समय नदिएको ठाकुरको आरोप छ ।
संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम दिने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्रीको समय अभावका कारण देखाएर राजपा नेताहरुसँग छलफल हुन नसकेको उनीहरुको आरोप छ । प्रधानमन्त्री ओलीले राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर एक्लैलाई भेट्न प्रस्ताव गरेका थिए ।

तर ठाकुरले एक्लै नभई सामूहिक भेट गर्ने बताएपछि समय नदिएको राजपाको आरोप छ । यसअघि राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले गत मंगलबार प्रधानमन्त्री ओलीसँग एक्लै भेटेर छलफल गरेका थिए ।

‘मंगलबारको भेटमा ठाकुरले विगतको सहमति कार्यान्वयन र समग्र मधेसको विकासको खाकाबारे प्रधानमन्त्रीसँग कुरा गरेको जनाइएको छ । ठाकुरले प्रम ओलीसँगको भेटमा जनकपुरमा मनिपाल अस्पताल निमार्णको काम रोकिएको, सडक विस्तार र गुणस्तरीय बनाउनुपर्नेमा राज्यको ध्यान नगएको जस्ता माग तेर्साएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.