काठमाण्डौ २८ फागुन / नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।
सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै सहयोग गर्छौं । प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी छैन चौधरीले भनेका छन् ।
प्रधानमन्त्रीले हाम्रो कुरामा लिखित सहमति गर्नुभयो भने राष्ट्रियसभामा भोट दिनसक्छौं । प्रतिनिधिसभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौं । तर, उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमत हुनुभयो भने मत पाउनुहुन्छ, सहमत हुनुभएन भने मत पाउनु हुन्न चौधरीले भने।’