प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउने

रिपोर्ट नेपाल | 2018 Jun 25 | 06:11 pm 3112

काठमाडौँ, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउने भएका छन्।

प्रधानमन्त्री ओली चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्केका हुन् । ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.