प्रधानमन्त्रीले आफ्ना तीनवर्षे कार्यकालको काम सार्वजनिक गर्दै

| 2021 Feb 15 | 10:03 am 2469

काठमाडौं ,फागुन ३: प्रधानमन्त्री केपी शर्मा ओली माथि सरकारमा रहेर केहिगर्न नसकेको आरोप आफनै पार्टी बाट लाग्दै आए पछि प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।

लामो समय देखि प्रधानमन्त्री कार्यालयमा पाहिला नटेकी सरकारी निवास बालुवाटारबाट सरकार चलाउदै आएका ओलीले आजभने सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदै छ । त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.