प्रधानमन्त्रीले आज गृह प्रदेशका सासंदसँग छलफल गर्ने

रिपोर्ट नेपाल | 2018 Jul 01 | 09:28 am 3520

काठमाडौं, असार १७: प्रधानमन्त्री केपी शर्मा ओलीले गृह प्रदेश प्रदेश नम्बर एकका सांसदसँग आज (आइतबार) अर्न्तकृया गर्ने भएका छन् ।

आज दिउँसो तीन बजे प्रधानमन्‍त्री कार्यालय सिंहदरबारमा हुने अर्न्तकृया कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेश एकमा सांसदलार्इ त्यहाँको समस्या समाधान र भइहेको प्रगतिका बारे जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

उक्त कार्यक्रममा सासंदहरुले आफ्नो निर्वाचन क्षेत्र र सिंगै प्रदेशको विषयमा प्रधानमन्त्रीलार्इ अवगत गराउने र त्यही विषयमा समीक्षा हुने बताइएको छ। छलफल करिब दुर्इ घण्टा चल्ने प्रेस संयोजक अधिकारीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.