पोखरा, साउन ३: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्।
गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ। संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि यो प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका छन्।
पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा समेत विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली बिहीबार पोखरा जाने भएका छ्न्।
साधारणसभाले विश्वविद्यालयको आर्थिक वर्ष २०७४-७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आ.व. २०७५-७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए।