प्रधानमन्त्रीलाई संसदमा आएर आँखामा आँखा जुधाएर नागरिकको प्रश्नको जवाफ दिन गगन थापाको चुनौती

रिपोर्ट नेपाल | 2020 Feb 25 | 03:46 pm 1270

काठमाडौं, फागुन १३: प्रमुख प्रतिपक्ष नेपाली कांँग्रेसका सांसद गगनकुमार थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस लेनदेनको अडियोलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर आँखामा आँखा जुधाएर नागरिकको प्रश्नको जवाफ दिने हिम्मत गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेता थापाले प्रधानमन्त्री ओलीले बाँस्कोटाको अडियो पहिले नै सुनेको दाबी गरिरहेको बेला यस विषयमा संसदमा आएर जवाफ दिने हिम्मत प्रधानमन्त्री ज्यू संग छ की छ संग छ की छैन भनेर प्रश्न गरेका थिए ।

उनले प्रधानमन्त्रीले यस विषयको जवाफदेहिता देखाउनै पर्ने भन्दै उनी डाँडाकाँडा डुल्ने र तालतलैया हेरेर बस्ने होइन भन्दै संदनमा आएर जवाफ दिनुपर्ने माग गरे । उनले प्रधानमन्त्रीलाई निम्छरो प्रश्न होइन सही प्रश्न सोध्ने दाबी समेत गरेका छन् । साथै उनले सभामुखसंग प्रधानमन्त्रीलाई सदनमा उपस्थितिको लागि रुलिङ गर्न अनुरोध गरेका छन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा थप प्रसंग कोट्याउदै नेता थापाले प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दा कसैले नभ्याउने विश्वासपात्रले गरेको यी कुराहरु थाहा थिएन भनेर हामीले पत्यादिनुपर्ने भनेर प्रश्न पनि गरेका थिए । उनले सबैकुरा थाहा छैन भने प्रधानमन्त्री ज्यू, तपाईलाई के थाहा छ त भन्ने प्रश्न समेत गरेका थिए ।

सांसद थापाले अगाडि भने ‘अरबौँको ठेक्का र कमिशनको विषयमा प्रधानमन्त्रीलाई थाहा भएको तर परिस्थिति नियन्त्रण बाहिर गएको कारण मन्त्री बाँस्कोटालाई बलिको बोका बनाइएको हो भन्ने नागरिकको आवाज छ ।

सांसद थापाले थप कटाक्ष गर्दै अगाडि भने ‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नुभएको थियो, प्रधानमन्त्री ज्यू बालुवाटारमा ऐना छ कि छैन ?

एकजनालाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधनका लागि कार्यदल गठन गर्दा प्रधानमन्त्रीलाई नागरिकले बाहिर देख्दा सुरो, भित्र विचरो भन्ने समेत गरेको प्रसंग पनि उनले कोट्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.