प्रधानमन्त्रीलाई भट्टराईको आग्रह : हठ होइन,बिनम्रता देखाउनुहोस्

रिपोर्ट नेपाल | 2018 Jul 25 | 02:07 pm 1845

बुटवल, साउन ९ : परराष्ट्रविद् तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्राईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् । आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा गोबिन्द केसीको माग जनताकै भएको उनले बताए ।

तत्कालिन कोइराला सरकारले आवश्यक ठानेरै माथेमा टोलीलाई प्रतिबेदन बनाउन लगाएको उल्लेख गरे ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बिज्ञको प्रतिबेदनलाई लाइन बाइ लाइन छलफल गरेर निश्कर्षमा पुग्न जरुरी रहेको बताए ।

डा केसीको अभियान एक्लो प्रयास होइन, नागरिक समाज छ, आम नेपाली जनताको समर्थनको बिषय हो उनले भने ।
भट्टराइ भन्छन्—सरकारले पावर अफ एरोगेन्सबाट मुक्त राख्नुपर्छ लामोसमयपछि स्थिरतातर्फ छौं जनता खुसी र सुखी बनाउने नाराले मात्रै हुन्छ र ?

नेपालमा राजनीतिमा ठूलो रोग छ सरकारमा बस्दा एउटा कुरा बाहिर बस्दा अर्का कुरा गर्ने यस्तो प्रकारले बाहिर राष्ट्रको दृष्टिमा पनि मुलुकको इज्जत घटाइरहेको छ ।
दक्षिण एसियामा सबैभन्दा बढि नेपालमा नीजी मेडिकल कलेज भएको भन्दै उनले अब यस्लाइ ब्यबस्थित गर्नुपर्ने बताए।
पूर्व प्रधानमन्त्री शुशील कोइराला र शेरबहादुर देउवाका सल्लाहकार समेत रहेका उनले भने जनमत पाएको स्थिर सरकार पनि आत्मबिश्वास नभएको व्यवहार गर्यो ।

एकता प्रदर्शन गर्न नसके नेपाल बाहिरीयाहरुको षडयन्त्रको अखडा बन्ने खतरा

परराष्ट्रविद् समेत रहेका उनले सत्ताभित्र र बाहिर रहदा फरक चरित्र देखाउने परिपार्टीले नेपालीको सांख गिराउने काम गरेको बताए । राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थमा सबै एक हुनुपर्छ यी बिषयमा राजनीति गर्नु हुदैन उनको भनाइ छ ।

नेपालको राजनीति नाजुक भएको भन्दै उनले एकता प्रदर्शन गर्न नसके नेपाल बाहिरीयाहरुको षडयन्त्रको अखडा बन्ने खतरा रहेको औल्याए ।

उनले ओली सरकारलाइ जनतालाइ केन्द्रमा राखेर काम गर्न र सबै एककार भएर मात्रै समृद्धि आउने प्रष्ट पारे ।

सरकार कुनै हालतमा अधिनायकबाद हुन सक्दैन

प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद बिष्णु पन्थीले मुलुकको निकासका लागि दलहरुले साझा धारणा बनाउने बताए ।
सरकारले रेगुलेट गर्ने हो निश्चित प्रकृया पुर्याएर संचालन गर्न दिनेहो भने यो समस्या टुंगिन्छ । डा केसी सुतेको अबस्थामा धेरैले दोहोरो भुमिका खेले यो ठिक हुदै होइन ।

पन्थीले भने डा केसीको अनसन मनमोहन मेडिकल कलेजको बिरुद्धको हो । प्रकृयामा रहेका मेडिकल कलेजलाइ के गर्नु बरु पहिले नै रोक्नुपर्थ्यो ।

नीजि क्षेत्र राष्ट्रका सम्पत्ती हुन् उनीहरु बिना नेपालमा समृद्धि सम्भब छैन भन्दै पन्थीले पूजीलाइ देशभित्र रोक्न मेडिकल, कृषि, अस्पताल खोल्नुपर्ने बताए । तोकिएका मापदण्ड अनुसार संचालन गरे कुनैपनि समस्या नरहने उनको भनाइ छ ।

कांग्रेस आत्तिनुपर्दैन लोकतन्त्रको गहना निवर्नचन हो प्रतिपक्षीले सरकारलाइ र देशलाइ रचनात्मक ढंगले सहयोग पुर्याउनुपर्छ । सरकार कुनै हालतमा अधिनायकबाद हुन सक्दैन लोकतन्त्र युगमा कसैको पनि सम्भब छैन पन्थीले भने ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोबिन्द खनालले उठाएको मागलाइ ध्यान दिदै डा.केसी सत्याग्रहमा बसेको प्रष्ट पारे । माथेमा आयोगले स्वतन्त्र रुपमा प्रतिबेदन तयार पारेको भन्दै खनालले कतिपयको स्वार्थ नमिल्दा प्रतिबेदनमाथि नै आरोप लगाएको बताए ।

मनमोहन मेडिकल कलेजलाइ हुने समस्याका कारण सरकारले गलत ढंगले बुझेको बताए । डा केसी भन्दा पनि आयोगको प्रतिबेदनका बारेमा सरकारले धारणा राख्नुपर्नेमा जोड दिए ।

माथेमाको प्रतिबेदनको बारेमा राज्यको दृष्टिकोण आउनुपर्ने बताए । दीर्घकालिन लक्ष्य सहितको प्रतिबेदनलाइ कम आंकलन नर्गन उनको आग्रह छ । समाज बिभाजन भैरहेको भन्दै उनले धेरैले आफ्नो बिद्धता भन्दा पनि पार्टी राजनीति गरेको देखिएको बताए ।

जनताको आन्दोलनलाइ कम मुल्यांकन गर्ने लोकतान्त्रिक सरकार हुन सक्दैन समयमै चेत खुल्नुपर्ने बताए । खनालले भने । सरकारलाइ जनताको कुरा र प्रतिपक्षिका कुरा सुन्नु उनको आग्रह छ ।

बरिष्ठ पत्रकार महेन्द्र थापाले डा गोबिन्द केसी गैर राजनीतिक माग बोकेर सत्याग्रहमा बसेको बताए ।
मानवअधिकारबादी नेता कृष्ण पहाडी र डा गोबिन्द केसी राष्ट्रका सम्पत्ती भएको भन्दै उनले उनीहरु एकाकार हुनुमा सत्ताको कुनै स्वार्थ नरहेको प्रष्ट पारे । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.