प्रधानमन्त्रीलाई गगनको सुझाव- मन्त्रीहरूले नटेरेको हो ?

रिपोर्ट नेपाल | 2024 Jun 23 | 02:16 pm 1165

काठमाडौँ ०९ असार / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहाल आफैंले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै बालुवाटारबाट डेरा सर्न आग्रह गरेका छन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै थापाले मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने बताए । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सचेत गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.