प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 19 | 04:16 pm 1796

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कलंकी मालपोत कार्यालयको उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाइ कालो झन्डा देखाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।

झन्डा देखाउने २ जना पक्राउ परेको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी देवेन्द्रबहादुर पालले जानकारी दिए।

उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.