काठमाडौँ, साउन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन आज शुक्रबार प्रस्तुत गरेको छ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले नेपालको संविधान धारा ५३ मा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसदमा पेश गर्ने व्यवस्था रहेको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिव पनि उपस्थिती रहेको थियो ।