काठमाडौं, जेठ २० प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा सदस्य टुकराज सिग्देललाई परेको मातृ शोकप्रति समवेदना व्यक्त गरेका छन् ।
सिग्देलकी आमा हेमकुमारीको निधनले आफुलाई दुःखी तुल्याएको भन्दै प्रधानमन्त्री ओलीले दिवंगत आमाप्रति भावपूर्ण श्रद्धासुमन अपर्ण गरेका छन् । हेमकुमारीको सोमबार तनहुँमा निधन भएको हो ।
उक्त समवदेनामा प्रधानमन्त्री ओलिले भनेका छन्, मात्रृशोकमा पर्नुभएका माननीय टुकराज सिग्देल, उहाँको शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ ।
टुकराज तत्कालिन नेकपा एमाले तर्फबाट संविधानसभा सदस्य रहेका थिए ।