प्रधानमन्त्रीद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना व्यक्त

रिपोर्ट नेपाल | 2022 Sep 19 | 07:33 am 1425

काठमाडौँ, असोज ३ः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवस २०७९ तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सरकार लागिरहेको उल्लेख गरेका छन्।

उनले नेपाली कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट घोषणा भएको नेपालको संविधानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु आजको कार्यभार भएको सन्देशमा उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाको सन्देशमा नेपाली  जनताको चाहनाअनुरूप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतीलाई अन्त्य गरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको कुरा उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.