प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै

रिपोर्ट नेपाल | 2020 Mar 12 | 06:52 pm 1831

काठमाडौं, फागुन २९: गत फागुन २१ गते बुधबार दोस्रोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको अस्पतालले जानकारी दिएको छ।

शिक्षण अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखिनीय सुधार भएको जनाएको हो।

प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ सालमा भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला हिजोनै डिस्चार्ज भएर घर गइसकेकी छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.