काठमाडौं, फागुन २५: गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भई बुधबार मिर्गौला प्रत्यारोपण गरेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आइरहेको चिकित्सकले जानकारी दिएका छन् ।
मिर्गौला प्रत्यारोपण गरिएको आज पाँचौँ दिनमा त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार भइरहेको जानकारी गराएको छ ।
