प्रधानमन्त्रीको घाँटीमा झुन्डिएको सम्मान होइन अपमान हाे : रविन्द्र मिश्र

| 2018 Dec 03 | 04:46 pm 2095

काठमाडौं, मंसिर १७  : विवादास्पद युनिफिकेशन चर्चकी धर्मगुरु तथा स्वघाेषित ‘जिससकी छाेरी’ डा‍ हाक जा हान मुनले प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ १ लाख डलरकाे ‘सुशासन’ अवार्ड प्रदान गरिन् । खासमा देशकै प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय अवार्ड पाउँदा बधार्इ पाउनुपर्ने हाे तर अहिले प्रधानमन्त्री अाेलीकाे सर्वत्र अालाेचना र खिसिट्युरी भइरहेकाे छ । उनले राष्ट्रिय स्वाभिमान नै बन्धकीमा राखेर एउटा धर्म प्रचारक गैरसरकारी संस्थाकाे शरणमा लम्पसार परेकाे भन्दै उनकै पार्टीभित्र र बाहिरबाट चर्काे अालाेचना भइरहेकाे छ ।

यसै क्रममा विवेकशील साझाक संयोजक रविन्द्र मिश्रले  प्रधानमन्त्रीले थापेकाे अवार्ड सम्मान नभर्इ अपमान रहेकाे बताएका छन् । उनले प्रश्न गरेका छन्- ‘तपाईं हामी सबैको प्रधानमन्त्री, जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने?’

उनले प्रधानमन्त्रीको पछिल्लो गतिविधि अति भएको बताउँदै आइतवार थापिएको अवार्डले सम्मान नभइ अपमान गरेको बताएका छन् । ‘यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री-हामी सबैको प्रधानमन्त्री देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो’, उनले भनेका छन्, ‘त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ?’

पछिल्लो समय कु-शासन र खराब नेतृत्वका कारण आलोचित भइरहेकाले बेला यो पुरस्कार लिनु सरासर अनुचित भएको मिश्रको भनाइ छ । ‘देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यतिबिघ्न आलोचना भइरहेका बेला “नेतृत्व र सुशासन पुरस्कार” लिन अफ्टेरो लागेन?’, प्रधानमन्त्रीमाथि कसिलो निशाना लगाउँदै मिश्रले भनेका छन् ।

यसैगरी विवेकशील साझा पार्टीका नेता सूर्यराज अाचार्यले सरकार बन्दा शुरुमा जनताले जुन आशा जगाएका थिए त्याे अहिले कमजाेर हुँदै गएकाे बताएका छन् । उनले भनेका छन्- ‘पोलमा पोस्टर टाँस्ने/च्यात्ने र ‘ख्रिस्तानिदेवी’बाट आशीर्वाद थाप्ने जस्ता ‘लम्फु’ काममा चैं सरकार माहिर देखियो ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.