प्रधानमन्त्रीको उपचार प्रक्रिया बुधबार सकिने

रिपोर्ट नेपाल | 2019 Sep 03 | 10:15 am 1949

काठमाडौं, भदाै १७ : प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा जारी उपचार प्रक्रिया बुधबार सकिने भएको छ । ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको सोमबार प्लाजा फेरेसिस प्रक्रियाबाट छैठौँ चरणको उपचार सम्पन्न भएको उनको सचिवालयले जनाएको छ ।

प्लाजा फेरेसिस प्रक्रियाबाट मिर्गाैलासम्बन्धी एन्टिबडीलाई निराकरण गरिन्छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार बुधबार सातौँ चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । सातौँ चरणको उपचार प्रक्रिया सकिएपछि चिकित्सकहरूको परार्मशका आधारमा प्रधानमन्त्री ओली स्वदेश फर्किने मिति तय हुने उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.