प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Oct 03 | 05:35 pm 2242

काठमाडाैं, असाेज १७ः प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई काेराेना संक्रमण पुष्टि भएको छ ।

राजनितिक सल्लाहकार रिमालले आफूलाई कोरोना संक्रमण भएको फेशवुकमार्फत जानकारी गराएका छन् । उनले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् ।

त्यसैगरी प्रेस सल्लाहकार सूर्य थापाको हिजो कोरोनाको परिक्षण गरिएको थियो । कोरोना परिक्षण नतिजा पोजेटीभ आएपछि थापाले केहिबेर अघि फेसबुक मार्फत उक्त कुरा सार्वजनीक गदै आफुसँग सम्पर्कमा आएकाहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.