काठमाडौं, जेठ ८ः प्रधानमन्त्री पुष्पकमला दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ बुद्धी जिसी, मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेल लगायतको टोली यतिखेर युके भ्रमणमा रहेको छ ।
प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धी जिसीले युकेबाट रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार युकेमा के कसरी स्थानीय सरकार चल्दो रहेछ र त्यहाँबाट दिने सेवा सुविधा के कस्ता हुने रहेछन् भन्ने विषयमा अध्ययन गर्न टोली पुगेको हो ।
आफूहरुले भ्रमणका क्रममा विकासका मोडल संरचनाका विषयमा समेत विशेष चासो राखेर नेपालमा त्यो मोडालिटीमा विकास गर्ने कुरा पनि जिसीले बताए ।
विज्ञ जिसीका अनुसार युकेमा नेपाली मुलका १८ जना काउन्सीलर रहेको र त्यस मध्ये उपमेयर वडा अध्यक्ष रहेको पनि बताए ।
तीन गाउँपालिकाका अध्यक्ष सहित भ्रमणमा रहेको नेपाली टोली त्यहाँ रहेको ग्रैह्र आवासीय नेपाली युकेको विशेष महाधिवेशनमा समेत सरिक भएको थियो ।