काठमाडौं, पुस १८ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई राजिनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि पदबहालि गर्दै नवनियुक्त प्रधानन्यायाधीश राणाले न्यायाधीश जोशीलाई आफू पेशी नतोक्ने पनि बताएका छन्।
सर्वोच्च अदालतमा पदबहालीपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश राणाले संसदीय समितिको सम्मानको लागि आफूले कठोर र गम्भीर निर्णय लिने बताएका थिए।
बुधबार पेशीसूची निकाल्दा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मुद्दा सुनुवाईको जिम्मा नदिइएको विषयमा जिज्ञासा राख्दा नवनियुक्त प्रधानन्यायाधीश राणाले आफूले जोशीलाई पेशी तोक्न नसक्ने भएकोले उहाँले बाहिरिनु विकल्प हुने बताएका थिए।