प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

| 2018 Aug 23 | 06:50 pm 2156

काठमाडौँ, भदौ ७ : संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ।बिहीबार दिउँसो बसेको  संवैधानिक परिषद्को  बैठकले कामु प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको हो ।

परिषद्ले वरिष्ठतम्लाई सिफारिस गर्ने चलन भएकाले मिश्रलाई प्रधानन्यायाधीश सिफारीस गरेको हो । अगामी पुससम्म मिश्र प्रधानन्यायाधीश हुनेछन् ।

सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेकाहरु मध्येबाट प्रधानन्यायाधीश छान्ने कानुनी व्यवस्था रहेको छ । सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र समशेर राणा योग्यता पुगेका थिए ।

यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकार गरेपछि उनी बिदा बसेका छन् । उनी बिदा बसेकाले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मिश्र कायममुकायमका रुपमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.