प्रदेश ५ मा साढे ३६ अर्बको बजेट (पूर्णपाठ)

| 2019 Jun 16 | 06:23 pm 2141

रुपन्देही, असार १ :  प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश ५ सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले आइतबार दिउँसो ३ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

गत वर्ष २८ अर्ब १० करोड बजेट ल्याएको प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि करिब ८ अर्ब ३१ करोड वृद्धि गरेर बजेट ल्याएको हो। प्रदेश सरकारका लागि संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख बजेट आएको छ।

त्यस्तै राजश्व बाँटफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, सशर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ। प्रदेश सरकारले करीब साढे ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.