प्रदेश ३ सरकार र उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्ने सम्झौता

रिपोर्ट नेपाल | 2019 Feb 02 | 07:34 am 1569

हेटौंडा, माघ १९ :  ३ नम्बर प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रले सार्वजनिक–निजी–साझेदारी प्रारुपमा सहकार्य गर्ने सम्झौता गरेका छन् ।

शुक्रबार ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार गफमा हैन काममा विश्वास गर्ने बताए । सार्वजानिक–निजि–साझेदारी अवधारणा प्रति सकारात्मक रहेकोले यसमा धेरै आशा रहेको पनि बताए ।

उनले भने, ‘अब हामी गफ हैन ‘एक्सन’मा जान्छौं, काम हुन्छ ।’ धेरै काम निजी क्षेत्रसँगको सहकार्य गर्नका लागि सरकार तयार रहेको समेत उनको भनाई थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले सबैपक्ष मिलेर गरे धेरै फड्को मार्न सकिने बताए । नीजि क्षेत्रसँग हातेमालो कायम राखे धेरै उपलब्धि हुने उनको भनाई थियो ।

निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नका लागि तयार भएकाले सम्झौता गरिएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको क्षेत्रमा सरकारसँग सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।

कृषि र पर्यटनको सम्भावना बोकेको कृषि र पर्यटन क्षेत्र लगायतका क्षेत्रमा सहकार्य गर्न उद्योग वाणिज्य महासंघ सधैं तयार रहेको स्पष्ट पारिन् ।

५ वर्ष भित्रमा १० लाख युवाहरुलाई रोजगारी दिने संघीय सरकारका योजनालाई ३ नम्बर प्रदेश र उद्योग बाणिज्य महासंघ बिच भएको सम्झौताले सहयोग पु¥याउने उनको भनाई थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.