प्रदेश ३ का मुख्यमन्त्रीद्वारा प्रदेश २ का मुख्यमन्त्रीलाई १ कराेडकाे चेक हस्तान्तरण

रिपोर्ट नेपाल | 2019 Apr 17 | 03:24 pm 2445

धनुषा, वैशाख ४ :  बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार मध्यान्ह प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन्  ।

गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकाेमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद ज्ञापन गरे । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

विपतमा आ-आफ्नो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्ने संदेश मुख्यमन्त्री पौडेलले दिए । यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.