प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव

रिपोर्ट नेपाल | 2019 Jan 18 | 04:05 pm 1698

जनकपुरधाम, माघ ४  : वादविवाद तथा होहल्लाका बीच प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव दिएइको छ।

प्रदेश सरकारले स्थायी राजधानी र नामकरणको विवाद टुंग्याउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रममा प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ र नाम ’मधेश’ हुनुपर्ने सुझाव दिइएको हो।

प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विवाद यतिखेर चरमोत्कर्षमा रहेको बेला आयोगले शुक्रबार गरेको सुझाव संकलन कार्यक्रममा अधिकांस वक्ताहरूले विभिन्न आन्दोलनहरूको परिवर्तनलाई संस्थागत गर्न मधेश नाम राख्नुपर्ने सुझाव दिएका थिए।

उनीहरूले पहिलो, दोश्रो तथा तेश्रो मधेश आन्दोलनको भावनाविपरीत तथा आन्दोलनका शहीदहरूको मर्म र भावनालाई समेट्नसमेत मधेश नाम राखिनुपर्नेमा जोड दिए। प्रदेशको राजधानी तथा नामका सम्बन्धमा सुझाव तथा संकलन कार्यक्रममा नेकपाका सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकारले फजूल खर्चमा फसेको आरोप लगाए।

उनले प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको नामकरण, भाषा तथा राजधानी टुंग्याउनुपर्नेमा नामकरण तथा राजधानीलाई ल्याएर भाषालाई गौण गर्न लागेको आरोप लगाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.