बर्दिया, माघ २८ः लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई र नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक रेवती ढकाल निरीक्षण निर्देशनको सिलसिलामा बर्दिया जिल्ला प्रहरी कार्यालयमा पुगी कार्यालयको निरीक्षण गरेका छन् ।
यस कार्यालय तथा मातहत समेतका प्रहरी ईकाई ईन्चार्ज, कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, प्रहरी जवानहरुलाई आवश्यक निर्देशन दिनुका साथै बर्दिया जिल्लाका संघीय तथा प्रदेश सांसद, नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लामा क्रियाशिल संचारकर्मी लगायत स्थानीय संघ-संस्थाका प्रतिनिधी संग समसामयिक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गरेका थिए ।