प्रदेश प्रहरी प्रमुख थापाद्वारा निरीक्षण तथा अवलोकन भ्रमण

| 2023 Feb 15 | 06:23 pm 1585

नुवाकोट, फागुन ३ः बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन ।

May be an image of 5 people, people standing and outdoors

बागमती प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय नुवाकोटको बस्तुस्थिति र जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका बिभिन्न शाखाहरुको निरीक्षण गरेका हुन् ।

May be an image of 11 people, people standing and outdoors

निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।

May be an image of 8 people, people standing, military uniform and outdoors

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.