प्रदेश नम्बर २ काे लोकसेवा आयोगमा ताला !

रिपोर्ट नेपाल | 2019 Jun 16 | 03:12 pm 1553

जनकपुर, असार १ :लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै एक समुहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ। मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो ।

आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए।

ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो। आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ।

यसैबीच ताला करिब एक घण्टा पछि खाेलिएकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.