कास्की , २५ असार : प्रदेशसभाले साबिक ४ नम्बर प्रदेशको नाम गण्डकी राखेपछि जातीय संघ संस्थाले त्यसको विरोधमा बन्द हडताल र आन्दोलन थालेका छन् ।
तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण प्रदेश राजधानीसहित गण्डकी प्रदेशका ११ जिल्लामा सार्वजनिक गाडी चलेका छैनन् ।
आज सोमबार गण्डकी प्रदेशमा आह्वान गरिएको बन्द गरिएको छ । बन्दका कारण जनजीवन कष्टकर भएको छ । सार्वजनिक गाडी नचल्दा यात्रुलाई समस्यामा पर्नुका साथै सर्वसाधारको आवागमनमा सास्ती भएको छ ।
राजधानी पोखराबाट धौरागिरी बागलुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङजा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचल्दा यात्रु मर्कामा परेका छन् । पोखरालगायत क्षेत्रमा शिक्षण संस्था र बजार, पसल पनि ठप्प छन् ।