प्रदेश तानिएका इनेस्पेक्टरलाई अंशुले फर्काए

रिपोर्ट नेपाल | 2020 Sep 06 | 05:36 pm 2229

बारा, भदौ २१ः कपडा तस्करसँग मिलेको समाचार रिपार्ट नेपालले प्रकाशित गरेपछि तानिएका इलाका प्रहरी कार्यालय सिम्रौनगढका इनेस्पेक्टर सुरेन्द्र तामाङ, प्रहरी चौकी कचराका असई सुजित सिंह, खजानीका असई राहतभुषण गदी र हवल्दार मोहम्मद हुसैनलाई प्रदेश प्रहरी कार्यालय तानेर फेरि कार्य क्षेत्रमै फिर्ता पठाएको छ ।

मध्ये रातमा कपडा, मरिच, छोकडा र केराउ तस्करी गराउन लाइन दिने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले फिर्ता पठाएर तस्करी गराउन थप आत्मबल प्रदान गराएको छ ।

नामुद तस्कर सन्दीप यादव, दीलिप यादव, गुरुदेउ, सनी यादव, भोला गुप्ता, प्रमोद अग्रवाल लगायत झण्डै बीस जनालाई इनेस्पेक्टर तामाङले लाइन दिएको समाचार स्रोतले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्राविधिक डिएसपी अंशु सिंहको विशेष आशिर्वादमा दुई दिन प्रदेश प्रहरी कार्यालयमा राखिएका इनेस्पेक्टर तामाङलाई फर्काइएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरजप्रताप सिंहलाई गुमराहमा राख्दै तर मारिरहेका अंशु सिंहलाई कसले आशिर्वाद दिएको छ, त्यो भने बुझ्न सकिएको छैन र प्राविधिक संचार डिएसपी भएर डिआइजीको आदेश नमान्ने कारण के हो थाहा हुन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.