प्रदेशसभा सदस्य वलीको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

रिपोर्ट नेपाल | 2019 Feb 22 | 04:22 pm 1687

काठमाडौँ, फागुन १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी वलीको निधनमा दुःख व्यक्त गदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । वलीको आज राति २ बजे उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

वली गत माघ २५ गते अपरान्ह ४ बजे बुटवलबाट दाङतर्फ जाँदै गर्दा घोराही उपमहानगरपालिका–३ को चिसापानीमा सवारी दुर्घटनामा घाइते भएका थिए । घाइते वलीलाई उपचारका लागि काठमाडाैँ ल्याइएको थियो । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङबाट निर्वाचित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.